निर्मल राजा
२०७८ पुस ३०,
देशकै प्रतिष्ठित घ वर्गको लघुबित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. र घोडीघोडा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार घोषणा कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको बांकेको कोहोलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. र सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको बेलौलीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लि. को असोज ८ र १६ गते बसेको को बिशेष साधारण सभाले दुबै लघुबित्त मर्जर गर्ने निर्णय बमोजिम आज एक भब्य कार्यक्रमका बिच एकीकृत कारोबारको उद्घाटन गरिएको हो ।
युनिक लघुवित्त नेपाल वित्तीय संस्था लि.का अध्यक्ष काली प्रसाद चौधरी र घोडीघोडा लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष प्रभात कुमार चौधरीले संयुक्त रुपमा पानसमा बत्ती बालेर एकीकृत कारोबार घोषणा गरेका हुन ।
उक्त कार्यक्रमको अवसरमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.का कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता डा.गोपाल दहितले स्वागत मन्तव्य राख्दै एकीकृत कारोबार गर्ने भएपछि युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सदस्य थप भएको,पूँजी थप भएकोकुरा बताउँदै आजको दिन संस्थाको लागि सुनौलो दिन रहेको बताए । उक्त कार्यक्रममा घोडीघोडा लघुवित्त वित्तीय संस्था लि का अध्यक्ष प्रभात कुमार चौधरीले पहिला हामी दुुइ अलग अलग लघुवित्त एक परिवार भएको र खुसी हुनुका साथै हामी सबैले अब बन्ने लघुवित्तलाई चुनौतीपुर्ण २१ औं शताब्दीमा सफल बनाउनु रहेको बताए ।
कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.का सञ्चालक तथा मर्जर समितिका संयोजक शिव बहादुर चौधरीले दुईटा संस्था एक भएर अगाडि बढ्दा शेयर होल्डर, सदस्यको पूँजी सुरक्षित हुने बताए । एकीकृत कारोबारको घोषणा कार्यक्रमका अतिथि युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले मर्जर पश्चात बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. ले अवसरको सदुपयोग संगै चुनौतीको सामना गदै अग्रिणी संस्था बन्नु पर्ने भन्दै शुभकामना दिए ।
एकीकृत कारोबार घोषणा कार्यक्रममा घोडीघोडा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले दुवै वित्तीय संस्थाका अध्यक्षलाई दोसल्ला ओढाएर सम्मान प्रकट समेत गरेका थिए भने एकीकृत कारोबार घोषणा कार्यक्रम युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष श्री काली प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.मा घोडीघोडा लघुवित्त वित्तीय संस्था लि गाभिए पश्चात युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पूँजी करिब रु.२० करोड भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय