
नेपाली कांग्रेसले बिहीवार संसद विघटनविरुद्ध देशभर ६ हजार ७४३ वटै वडामा प्रदर्शन गर्दैछ ।
केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले बिहीवार वडास्तरीय विरोध कार्यक्रम गर्दैछ ।
देशभरका विभिन्न वडामा हुने विरोध कार्यक्रममा नेताहरुले सहभागिता जनाउने छन् ।
वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन् । बुधवार अपिल जारी गर्दै देउवाले घरघरबाट विरोधमा सहभागी हुन अपिल गरेका छन् ।