
त्यसै गरी साउथ कोरिया मा रहनुहुने Dr. Johny Bajgai र अमेरिका बाट बिनोद बजगाईं ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ।
वहाँहरु सबै लाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
गोफन्डमी मार्फत आजसम्म ६५ जना बाट $2012 जम्मा भएको छ।स्थानीय तह र सरोकारवाला निकाय बाट सहयोग प्राप्त भएता पनि त्यो प्रयाप्त नभएकले अछाम जिल्लाको कमल बजार नगरपालिका १ खिरीचौका स्थित श्री कालिका आधारभूत विद्यालयको पुर्वाधार विकास गरी शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सहयोग अभियान सञ्चालन गरीएको छ।
पुर्णतया जिर्ण धुलोयुक्त चिसो भुइँमा प्रष्टै सँग आकाश नियाल्न सकिने कक्षा कोठा बाट भविष्य नियाल्दै बस्ने अबोध बालबालिकालाई प्रयाप्त भौतिक पूर्वाधार सहितको वातावरणमा शिक्षा प्रदान गर्ने उद्देश्य बाट प्रेरित भई पदीय जिम्मेवारीका साथै अतिरिक्त सेवाभावले समर्पित भएको हुँदा सबैको सहयोले यो अभियान सफल हुने विश्वास प्रधानाध्यापक देवेन्द्र सञ्जालले ब्यक्त गर्नु भएको छ।