
बाँके ,फाल्गुन ४ । सडक छेउमा एक सानो टहरोमा बस्दै आउनु भएकी नेपालगञ्ज उप महानगरपालिका १ की एक असहाय वृद्ध पुर्णीमा देवी थापा मगरलाई शिक्षक देवेन्द्र सञ्ज्यालको पहलमा १५ हजार रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरिएको छ।
उहाँको सो अवस्था बारेमा जानकारी पाए पछि सहयोगी मनकारीहरु सँग कुरा गरी सो सहयोग जुटाएको जानकारी दिनु भएको छ। काठमाडौंमा रहनु हुने समाजसेवी रामकृष्ण सिवाकोटीले 5,555, कतारमा रहनुहुने समाजसेवी रोज थापाले 5,000 र अमेरिकाबाट समाजसेवी सूर्य श्रेष्ठले 5,000 गरी जम्मा पन्ध्र हजार रुपैयाँ सहयोग एक कार्यक्रमबीच हस्तानतरण गरिएको छ।
सहयोगी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै थप सहयोग गरी दिन हुन सम्पूर्णलाई अपील गर्दै समाजसेवी लालसिंह भण्डारीले भन्नु भयो ” सेवा नै धर्म हो। आगामी दिनमा पनि यसै गरी समाजका लागि सहयोगी हातहरु निरन्तर सत्कर्म गरी रहुन्”
सो कार्यमा सञ्चारकर्मी युवा चन्द्र प्रसाद खनालले सहजीकरण गर्नु भएको थियो।