निर्मल राजा २०७८ फागुन ११,

देशकै प्रतिष्ठीत लघुबित्त युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कर्मचारीका लागी कर्मचारी क्षमता अभिवृद्धी तालिम एक कार्यक्रमका बिच बांकेको कोहोलपुरमा सुरु गरेको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. केन्द्विय कार्यालयको आयोजनामा कर्मचारी क्षमता अभिवृद्धी तालिम सुरु गरेको हो ।
२ दिन सम्म सञ्चालन हुने तालिममा हाउजिङ माइक्रोफाइनान्स, कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, कर्जा सदुपयोगीता, नगद प्रवाह, आन्तरिक लेखा परिक्षरणका कैफियतहरु,कर्जा वर्गीकरण, भाखा नाघेको कर्जा ब्यवस्थापन , कर्जा असुलीका उपायहरु लगायतका बिषयवस्तुहरुमा छलफल हुने युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का मानव संसाधन बिभाग प्रमुख मदन चौधरी बताए ।

उक्त क्षमता अभिवृद्धी तालिम कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का मानव संसाधन प्रमुख मदन चौधरी, लघुवित्त बिज्ञ सुनिल खनाल, युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का लघुबित्त सेक्सन बिभाग प्रमुख मान बहादुर चौधरी, त्यसैगरि युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि का आइ टी बिभाग प्रमुख रमेश चौधरी लगायतले बिभिन्न बिषयवस्तु माथि सहजिकरण गरिरहेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९५ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।
उक्त कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.का २५ जना बिभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय