पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले चुनावले झन् दुर्घटना ल्याउने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेको र उक्त कदम असंवैधानिक भन्दै जसपा आन्दोलनमा छ।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई भट्टराईले प्रतिगमन भनेका छन्।

ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ,’ आइतबार ट्वीट गर्दै उनले भनेका छन्, ‘पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ।’प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरेका छन्।

साथै उनले उनले विगतका राजनीतिक घटनाक्रमसमेत याद गर्न भनेका छन्।‘२०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं।२०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं!,’ उनले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय