हिक्मत नेपाली , कमलबजार   चैत्र ४ ।  लैङ्गिक हिंसा पिडित महिला, अनाथ टुहुरा तथा अति विपन्न बालबालिका लागि कमलबजार नगरपालिकाले आर्थिक सहायता प्रदान गरेको छ । कमलबजार नगरपालिका का १देखि १० वटै वडाका २० जना महिला लाई जनही ४ हजारका दरले ८००००आर्थिक सहायता  वितरण गरिएको र छ भने २० जना बालबालिका सोही मात्रामा सहयोग गरिएको कमलबजार नगरपालिकामा कार्यरत न्यायिक समितिका उजुरी प्रशाशक एवं फोकल पर्सन पवित्रा भण्डारीले जानकारी दिनुभएको छ ।
कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्टको अध्यक्षता भएको आर्थिक सहायता वितरण कार्यक्रमका विशिष्ट अथिती नगर उपप्रमुख भुमिसरण ढकाल बजगाई रहनु  भएको थियो । त्यस्तै   अथितीमा कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष रण बहादुर खड्का, वडा नं ३ का वडा अध्यक्ष जगत बहादुर बिष्ट , वडा नं ७ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी त्यसै गरि वडा नं ९ का वडा अध्यक्ष दुर्गा प्रसाद बजगाई रहनु भएको थियोे ।
सो कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट अथिती रहनु भएको थियो । कमलबजार नगरपालिकाकाे महिला बालबालिका शाखा प्रमुख डम्बरा ढुङ्गाना , न्यायिक समितिका उजुरी प्रशाशक पवित्रा भण्डारी , पोषण शाखा प्रमुख दुर्गा सिजापती बिष्टको समेत सहभागी रहेको जानकारी प्राप्त भएको छ । कार्यक्रमको सञ्चालन न्यायिक समितिका उजुरी प्रशाशक तथा फोकल प्रर्शन पवित्रा भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय