कमलबजार , चैत्र १४ ।
कमलबजार नगरपालिकाको आयोजना र UNFPA फाया नेपालको सहयोगमा कमलबजार नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण निति २०७८ निर्माणका लागि अन्तिम मस्यौदा माथि छलफल गरि अन्तिम रूप दिन बैठक सम्पन्न  गरिएको छ ।
कमलबजार नगरपालिकाका काबा नगर प्रमुख भुमिसरण ढकाल बजगाईको अध्यक्षता भएको छलफल कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण निति २०७८ कार्यपालिका बाट पास गर्ने निर्णय गरिएको  कमलबजार नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गानाले जानकारी दिनुभयो । कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको सहजिकरण सहजकर्ता प्रेम बुढाले गर्नु भएको उक्त कार्यक्रममा वडाध्यक्ष ,विषयगत शाखाका प्रमुख ,लगायतकाे उपस्थिति रहेकाे बैठकमा  UNFPA का प्रतिनिधि भरत गोतामेको समेत  उपस्थिति रहेको थियोे । उक्त बैठककाे सञ्चालन कमलबजार नगरपालिकाका  महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गानाले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय