कमलबजार चैत्र १५ ।   बैशाष ३० मा हुन गईरहेको स्थानिय निर्वाचन नजिकिदै गर्दा कमलबजार नगरपालिका स्थानिय तहको चुनावको माहोल तात्दै गएको छ ।स्थानिय चिया पसल देखि सामाजिक सञ्जालमा मेयर पदका आंकाक्षी ले उम्मेदवारी धोषणा तथा आफनो आंकाक्षा राखेको देखिन्छ ।अछाम जिल्ला को क्षेत्रिय सदरमुकाम रहेको कमलबजार नगरपालिकामा नेकपा एमाले बाट मेयर पदमा को उम्मेदवार हुने चिया पसल देखि सामाजिक सञ्जाल चर्चा हुन थालेको छ । नेतृत्वका लागी नेकपा एमाले मा पाच जनाको नाम बढि चर्चा छ ।
नेकपा एमाले कमलबजार ईन्चार्ज दिपक अधिकारी प्रदेश कमिटी सदस्य कटक साँउद ,जिल्ला उपाध्यक्ष बल ब. कुवर महिला नेतृ शारदा कुवर ,मना अधिकारी लाई संभावित मेयर पदका प्रमुख दावेदारको रुपमा समेत हेरिएको छ ।
कस्को सम्भावना कति ??
१ कटक साँउद
नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जनाधार राम्रो रहेका स्थानिय जिल्ला कमिटी तथा प्रदेश कमिटी राम्रो पकड रहेका तथा बिभाजन मा के.पि. समुहमा स्पष्ट रुपमा खुलेका कारण नेकपा एमाले बाट कमलबजार नगरपालिकाको मेयर पदको प्रवल सम्भावित उम्मेदवार को रुपमा हेरिएको छ ।
२ दिपक अधिकारी
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा कमलबजार नगरपािलका ईन्चार्ज समेत रहेका अधिल्लो स्थानिय निर्वाचनमा कम मतले पराजित अधिकारी जनाधार राम्रो रहेका स्थानिय जिल्ला कमिटी तथा प्रदेश कमिटी राम्रो पकड रहेका कारण मेयर पदमा पुर्न सम्भावित उम्मेदवार को रुपमा हेरिएको छ तर पार्टी बिभाजनमा स्पष्ट रुपमा नखुलेका कारण पहिला भिम रावल निकट मानिने तर हाल के.पि.समुहमा के.पि.समुहका स्थानिय र जिल्ला तहाका नेताहरुको सहयोग र सर्मथन नरहेमा रहेका सम्भावना न्युन हुन सकने छ ।
३ बल ब.कुवर
नेकपा एमाले जिल्ला उपाध्यक्ष रहेका स्थानिय संगठन बिस्तार मा अंहम योगदान पुरयाएका जनाधार राम्रो रहेका हक्की र बिपक्षी सगै भिडन सकने स्वभावका कारण नेकपा एमाले बाट कमलबजार नगरपालिकाको मेयर पदको बल ब. कुवर सम्भावित उम्मेदवार को रुपमा हेरिएको छ । तर भिम रावल निकट मानिने र प्रदेश कमिटीमा रावलको प्रभाव र पकड कम भएको अवस्थामा सम्भावना कम हुन सकछ ।
स्थानिय महिला नेतृ मना अधिकारी र शारदा कुवर लाई पनि नेकपा एमाले बाट कमलबजार नगरपालिकाको मेयर पदको सम्भावित उम्मेदवार को रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय