प्रतिनिधि सभा विघटन गरेको सरकारको विरोधमा निकालिएको नागरिक मार्चमाथि प्रहरीले हस्तक्षेप गरेको छ। बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरीबाट माटोकोे टीका लगाएर बालुवाटारतर्फ अघि बढेको मार्च बालुवाटर नपुग्दै प्रहरीले हस्तक्षेप गरेको हो।

हस्तक्षेपका क्रममा प्रहरीले विरोधमा सहभागीहरुमाथि लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा हानेको थियो। त्यसक्रममा एक दर्जनभन्दा धेरै नागरिक अगुवा घाइते भएका छन्।

बृहत नागरिक आन्दोलनका नारायण वाग्लेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले व्यापक दमन गरेको बताए। आफूहरुमाथि भएको दमनको विरोध गर्दै उनले अब तेस्रो जनआन्दोलन सुरु भएको समेत बताए।

तर, प्रहरीले भने उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि रोकिएको दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय