
कमलबजार , चैत्र १८ ।
राष्ट्रिय युवा संघ नेपालको कमलबजार नगर भेला, भानुभक्त बटालाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन गरी आज कमलबजारमा सम्पन्न भएको छ । जसको उपाध्याक्षमा देवेन्द्र थापा, सचिबमा जगत साउँद, सह सचिबमा बिशाल बिष्ट र कम्मान बिष्ट लगायत २५ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरिएको नव निर्वाचित सचिबमा जगत साउँदले जानकारी दिए ।
युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य एवं कमलबजार नगर इन्चार्ज योगेश ढकालको अध्यक्षतामा भएको सो भेलाको प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटी सदस्य कटक साँउद रहनु भएको थियो । बिशिष्ट अतिथीमा नेकपा एमाले अछाम जिल्ला उपाध्यक्ष बल बहादुर कँुवर , अतिथीमा जिल्ला कमिटी सचिवालय सदस्य दिपक प्रसाद अधिकारी रहनु भएको थियो । यस्तै अतिथिमै जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद बजगाईफ श्याम लाल देउवा , युवा संघ जिल्ला सल्लाहकार सदस्य योगेन्द्र साँउद , नेकपा एमाले अछाम जिल्ला सल्लाहकार कमिटी सदस्य हस्त बिष्ट कमलबजार नगर कमिटी अध्यक्ष खेम राज जैसी , नेपाल निजामती कर्मचारी संगठन अछाम जिल्ला सचिव झनक अधिकारी , नेपाल शिक्षक संगठनका कम्मान सिंह चलाउने , लोकेन्द्र चलाउने लगायतको उपस्थिति रहेको थियोे । आसन्न बैशाख ३० गते हुने स्थानीय निकायको चुनावमा नेकपा एमाले का उम्मेदवार लाई जिताउन युवा संघले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने मा सहभागी सबैको जोड थियोे ।