कमलबजार , चैत्र २४ । नेकपा एमाले कमलबजार नगरकमिटी का अध्यक्ष खेमराज जैसीले आशन्न बैशाख ३० को स्थानीय निर्वाचनमा कमलबजारको नगर प्रमुखको आकांक्षी रहेको बताउनु भएको छ । पार्टीले मलाई टिकट दिएमा आफू नगर प्रमुखमा जित्ने समेत दाबी गर्नु भएको छ । स्थानीय स्तरमा जनता संग भिजेको र दई कार्यालय नगर अध्यक्ष भएर काम गर्दै गर्दा पार्टीका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएकाले पार्टीले टिकट दिएमा आफुनै जित्ने आधार रहेको समेत बताउनु भएको छ । लामाे समय देखि नेकपा एमालेको राजनीतिमा संलग्न जैसी जनप्रतिनिधि भएर जनता संग नजिक रहेर काम गर्नका लागि टिकटको दौडधुपमा हुनुहुन्छ ।नेकपा एमाले पार्टी बाट सम्भावित  उम्मेदवार मा जैसी लाई नी अगाडि सारिएको छ । कमलबजारको मेयर पदका लागि टिकट पाउने सम्भावना बढ्दै गएको श्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय