हिक्मत नेपाली
कमलबजार, चैत्र २६ ।
समाजसेवी स्व. लोक बहादुर बिष्टको अर्धकधको सालिक निर्माण गरि आज स्थापना गरिएको छ । कमलबजार नगरपालिका वडा नं १० घोडासैनको स्याउले बजारमा आज एक कार्यक्रमबिच सालिकको स्थापना गरिएको स्वर्गीय बिष्टका नाति तथा लोक बहादुर बिष्ट राईटर प्रतिष्ठानका अध्यक्ष  हंश बहादुर बिष्टले जानकारी दिनुभयो । सालिक निर्माण स्थलमा लिएर राख्नु भन्दा अगाडि स्थानिय देवल बजार बाट बाजागाजा सहित परिक्रमा गराएर लगिएको थियोे । सालिक स्थापना पश्चात् सालिकमा माल्यार्पण गर्न सयौंको संख्यामा स्थानीय नागरिक त्यहाँ उपस्थिती थियोे  । आफ्ना हजुर बुवाको स्मृतिमा ३ लाख भन्दा बढी लागतमा सो सालिक निर्माण गरि स्थापना गरिएको हंस बिष्टले जानकारी दिनुभयो  । स्व. लोक बहादुर समाजका एक प्रतिष्ठित समाजसेवी थिए साथै समाजमा  अन्याय अत्याचारको विरुद्धमा सदैब लड्ने उनी सबैका नजरमा लोक प्रिय थिए । बि.सं १९५६ असार ३० जते घोडासैनमा जन्मिएका बिष्टको बि.सं. २०३४ चैत्र १५ गते सोही ठाँउमा निधन भएको थियोे । सालिक स्थापना उहाँको स्मृतिमा चैत्र १५ गते नै गर्न खोजिए पनि विविध कारण बस आज सो कार्यक्रम सार्नुपरेको उहाँका नाती हंश बिष्टले बताउनु भयो ।
समाजसेवाको पाटो लाई जोड्नका लागि उहाँकै नाममा प्रतिष्ठान पनि स्थापना गरिएको छ । हालसम्म थुप्रै दुखी असायहरुलाई प्रतिष्ठान बाट सहयोग पनि गरिएको बिष्टले बताउनु भयो ।  हजुर बुवाले सधैं समाजका लागि केहि योगदान दिनु पर्छ र आफ्नो जन्मभुमिमै केहि गर्नु पर्छ भन्नुहुन्थ्यो त्यही भएर पनि अमेरिकाको शुख सयलको बसाई त्यागेर उहाँको सपना लाई साकार गर्ने सक्रिय भएको बिष्टले कमलबजार मिडिया प्रा ली संगको संक्षिप्त्त कराकानीमा बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय