निर्मल राजा,धनगढी
सुदुर पश्चिम प्रद्शको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयरमा नृप बहादुर वड लाई पुनः उम्मेदवार बनाइने भएको छ । ।
कांग्रेस, माओवादी र एकिकृत समाजवादी सत्तारुढ गठबन्धन बिच भागवण्डा गर्दा धनगढीको नगर प्रमुख कांग्रेसको भागमा परेको हो ।
कैलालीको धनगढी नगर समितिले धनगढीको मेयरका लागि वड र महरा गरी ७ जनाको नाम सिफारिस गरेको थियो ।
मेयरका अर्का आकांक्षी नेता कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको कांग्रेस स्रोत बताउछ ।
त्यसैगरि कांग्रेस, माओवादी र एकिकृत समाजवादी बिच भएको गठबन्धनले गरेको भागवण्डामा धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले कसलाई उठाउने भन्ने टुंगो लगाएको छैन ।
२०७४ सालको निर्वाचनमा उपमेयरमा पराजीत भएकी शान्ति अधिकारीले टिकट पाउने सम्भावना बलियो रहेको माओवादीका नेताहरु बताउँछन् ।
वडले २०७४ सालको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदबार गोपाल हमाललाई पराजित गदै धनगढी उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए भने तीनै वड संग पुनः स्वतन्त्र उम्मेदबार गोपाल हमाल र एमाले प्रमुख प्रतिस्पर्धी रहने देखिएका छन् ।
ADVERTISEMENT