सुुबाश अधिकारी, चैत्र ११-२०७९, अछाम ।
आगामी बैशाख ३० गते हुुने पालिका चुुनाबका लागी निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारको अन्तिम मनोनयन दर्ता गरिसक्नुु पर्ने जनाएको छ । त्यसैअनुुरुप बिभिन्न दलहरु यतिबेला आ-आफ्ना पार्टीका उम्मेदवारहरु टुुंगो लगाउने अन्तिम कसरतमा जुुटेका छन् । यसैबिच अछाम जिल्लाको कमलबजार नगरपालिका अन्र्तगत वडा नं. १ मुुलीमा नेकपा माओवादीले वडा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ। शनिबार जिल्ला कमिटी अछामले वडाध्यक्षका उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादीले नगरपालिकाको वडा नं. १ मुुलीको अध्यक्षमा खडक सिंह भण्डारीको नाम सर्वसम्मत रुपमा टुंगो लगाएको जनाएको छ। वडा नं. १ मुुलीको अध्यक्षमा सर्वसम्मत हुुनुु भएका भण्डारी ०७४ को स्थानिय चुुनाबमा वडा अध्यक्षमा नै पराजित भएका थिए । उक्त समयमा नेपाली काँग्रेसका तेज बहादुुर बिष्ट वडा अध्यक्षमा निर्वाचित भएका हुुन् । नेकपा माओवादी बाट सिफारिस वडा अध्यक्षका उम्मेदवार भण्डारी नेकपा माओवादीे कमलबजार नगर कमिटी अध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय