
झनक अधिकारी
कमलबजार, बैशाख २३ ।
नेकपा एमाले कमलबजार नगरपालिका वडा नं ७ सेराको चुनावी आमसभा तथा घरदैलो कार्यक्रम जामामा सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष योगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं कमलबजार नगरपालिकाका नगर प्रमुखका उम्मेद्धवार कटक बहादुर साउद रहनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथीमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं कमलबजार नगरपालिकाका नगर उपप्रमुखका उम्मेद्धवार शारदा बिष्ट कुँवर अतिथीमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मना अधिकारी अछाम जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुँवर जिल्ला कमिटी सचिवालय सदस्य एवं कमलबजार नगर इन्चार्ज दिपक अधिकारी माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य शेर प्रसाद भाट नेकपा एमाले कमलबजार नगर कमिटी अध्यक्ष खेम जैशी, जिल्ला सल्लाहकार समितीका सदस्य धाङ्णे सुनार, जिल्ला कमिटी सदस्य कणर् बोहरा त्यसै गरी वडा अध्यक्षका उम्मेद्धवार नृप बोहरा त्यसैगरी वडा सदस्यका उम्मेद्धवार साथै निजामती कर्मचारी संगठन अछामका सचिब झनक अधिकारी रहनु भएको थियो । ठुलो जनसहभागीताका विच सम्पन्न भएको चुनावी आमसभामा बोल्ने अधिकांश वक्ताले उम्मेद्धवार लाई जिताउन सुर्य चिन्हमा मतदान गर्न अपिल गरेका थिए । सेरामा नेकपा एमाले र माओवादी केन्द्र र समाजवादी बिच गठबन्धन रहेको छ ।