
हिक्मत नेपाली
कमलबजार , बैशाख ३०।
कमलबजार नगरपालिका वडा नं १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार भक्त बहादुर बोहरा विजयी हुनुभएको छ । उहाँले ३२९ मत प्राप्त गर्नु भएको छ भने उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजबहादुर बिष्टले २८४ मत प्राप्त गर्नु भएको छ । बजगाई ४५ मत अन्तरले विजयी हुनु भएको छ । वडा नं १ मा नेपाली कांग्रेसको टिकट वितरण बाट असन्तुष्ट भएको समूह बाट बोहराले स्वतन्त्र उम्मेदवारी दिएका थिए । बोहरादे कांग्रेसका उम्मेदवार बिष्ट लाई पराजय गर्न सफल भएका छन । कमलबजार नगरपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवारले जितेर नयाँ रेकर्ड रहेको छ ।
