
टेकराज भण्डारी, जेठ २, अछाम
अछामकाे कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथमा माध्यमिक विद्यालयकाे प्रधानाध्यापकबाट राजीनामा दिएर खुला राजनीतिमा लाग्नुभएका लाल बहादुर शाही नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको हाे ।
शाही ५ सय ८४ मत प्राप्त गरि बिजयी हुनुभएको हाे । उहाँले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम बहादुर शाहीलाई १२२ मतान्तरले पराजित गर्नुभयाे । कांग्रेस उम्मेदवार शाहीले ४ सय ६२ मत प्राप्त गर्नुभयाे ।
कांग्रेस उम्मेदवार शाही २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो । बिरपथलाई नेपाली कांग्रेसले आफ्नाे राम्रो पकड क्षेत्रका रुपमा लिने गरेकाे थियाे ।
शाही कात्यायनि माविका प्रधानाध्यापक हुनुहुन्थ्याे ।
उहाँ गत बर्ष मात्र नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ छोडेर नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रबेश गरेका थिए । उनले वडाध्यक्ष लड्नका लागि शिक्षक पदबाट राजीनामा दिनुभएको थियाे ।