
जेठ ९, अछाम
अछाम जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिरहहनु भएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनकाे मतपरिणाम सार्वजनिक भए संगै जनप्रतिनिधिले कार्यभार सम्हालिरहनु भएको छ ।
मतपरिणाम सार्वजनिक भएका जिल्लाका ९ वटै पालिकाका प्रमुख/ उपप्रमुख, अध्यक्ष/ उपाध्यक्ष, वडाअध्यक्ष, सदस्यहरुले पदभार सम्हाल्नुभएकाे छ ।
यसैबीच जिल्लाको रामाराेशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनको नवनिर्वाचित वडा अध्यक्ष तर्कराज उपाध्ययले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार संगै अध्यक्ष उपाध्यायको स्वागत गरिएकाे छ ।
नव निर्वाचित वडा अध्यक्ष उपाध्ययले बाटुलासेनको समग्र विकासलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनु भयाे ।
वडाका समग्र जनताको सेवामा समर्पित हुने अध्यक्ष उपाध्यायकाे प्रतिबद्धता छ ।
वडाका अन्य जनप्रतिनिधि सहितको सहभागीतामा भएको कार्यक्रमकाे सञ्चालन रामारोशन गाउँ पालिका वडा नम्बर ४ का सचीव तथा बाटुलासेन स्वास्थ चौकी प्रमुख रमेश न्यौपानेले गर्नु भएको थियो ।