कमलबजार जेठ ९, ।

अछाम जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिरहहनु भएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनकाे मतपरिणाम सार्वजनिक भए संगै जनप्रतिनिधिले कार्यभार सम्हालिरहनु भएको छ ।
मतपरिणाम सार्वजनिक भएका जिल्लाका ९ वटै पालिकाका प्रमुख/ उपप्रमुख, अध्यक्ष/ उपाध्यक्ष, वडाअध्यक्ष, सदस्यहरुले पदभार सम्हाल्नुभएकाे छ ।

यसैबीच जिल्लाको कमलबजार नगरपालिका वडा नं ९ मष्टवण्डालीका नवनिर्वाचित वडा अध्यक्ष कमल प्रसाद बजगाईले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार संगै अध्यक्ष बजगाईको स्वागत गरिएकाे छ ।
नव निर्वाचित वडा अध्यक्ष बजगाईले मष्टावण्डालीको समग्र विकासलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनु भयाे ।
वडाका समग्र जनताको सेवामा समर्पित हुने अध्यक्ष बजगाईकाे प्रतिबद्धता छ ।  आजै एक कार्यक्रमका विच निवर्तमान वडा अध्यक्ष तथा सदस्यको विदाई पनि गरिएको छ ।
उक्त कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि र कर्मचारी सहितको सहभागीतामा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय