
कमलबजार,जेठ ११, । अछाम जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिरहहनु भएको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनकाे मतपरिणाम सार्वजनिक भए संगै जनप्रतिनिधिले कार्यभार सम्हालिरहनु भएको छ ।यसैबीच जिल्लाको कमलबजार नगरपालिका वडा नं ८ ढाँकुका नवनिर्वाचित वडा अध्यक्ष प्रजा बहादुर बोगटीले पदभार ग्रहण गर्नुभएको छ । यस्तै वडा सदस्य मीन बहादुर भण्डारी ,झंकर बहादुर बिष्ट , महिला सदस्य जमना कुमारी चलाउने र दलित महिला सदस्य मिना कुमारी नेपालीले पनि पदभार ग्रहण गर्नु भएको छ ।पदभार संगै अध्यक्ष बोगटीको स्वागत गरिएकाे छ । भने निवर्तमान वडा अध्यक्ष नैन बहादुर बिष्ट र सदस्य हरुको विदाई गरिएको छ।नव निर्वाचित वडा अध्यक्ष बोगटीले ढाँकको समग्र विकासलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनु भयाे ।वडाका समग्र जनताको सेवामा समर्पित हुने अध्यक्ष बोगटीकाे प्रतिबद्धता छ ।उक्त कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि , कर्मचारी, शिक्षक , सहितको सहभागीतामा रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव सुनिल कुँवरले गर्नु भएको थियोे ।