निर्मल राजा
जेष्ठ,१४
दाशप्रथाको अवशेषको रुपमा रहेको कृषी बधुवा मजदुर प्रणाली अन्तर्गत हरवाचरवा, मुक्त हलिया तथा कमैयाहरुको सवाल सम्बोधन गराउनका लागि काठमाण्डौमा नितिगत जनवकालत अभियान शुरु भएको छ ।
देशका २५ वटा जिल्लाहरुमा सो अभियान अन्तरगत नेपाल सरकार भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्धारा गठित मुक्त कमैया कम्लहरी, हलिया र हरवाचरवाको वस्तुस्थिती अध्ययन समिति, हरवाचरवा, मुक्त हलिया तथा कमैया संगठनका अगुवाहरु र कृषी बधुवा मजदुरको क्षेत्रमा काम गर्ने निकायहरुको बिचमा समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
उक्त बैठकमा मुक्त कमैया कम्लहरी, हलिया र हरवाचरवाको वस्तुस्थिती अध्ययन समितिका सदस्य तथा संविधान सभा सदस्य हरि श्रीपाइलिले कमैया कम्लहरी, हलिया र हरवाचरवाको वस्तुस्थिती अध्ययन समितिले देखेका थुप्रै समस्यहरु प्रतिबेदनमा उल्लेख गरेको र समाधानका लागि सरकार गम्भीर भएर लाग्नु पर्ने तथा सिफारिश गरिएका सवालहरु तुरुन्तै कार्यान्वयन गरि समस्य समाधान गर्न आग्रह गरे ।
हलिया आन्दोलनका अगुवा समेत रहेका श्रीपाईलीले अध्ययन समितिको प्रतिवेदनबारे प्रदेश तथा संघीय स्तरका सम्बन्धित मन्त्रालयका बिचमा ब्यापक छलफल चलाउनुपर्ने कुरामा जोड दिए
उनले संघीय सरकारले आर्थिक बर्ष २०७९÷८० निति तथा कार्यक्रममा हरवाचरवा, मुक्त हलिया र कमैयाहरुको सवालहरु सम्बोधन भईसकेको परिपेक्षमा बजेट मार्फत उक्त सवालहरु सम्बोधन गराउन अध्ययन समितको प्रतिबेदनका सिफारिशहरु नेपाल सरकारले कोशेढेंगाका रुपमा ग्रहण गर्नुपर्ने कुरा बताए ।
अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले आन्दोलनको मुल लक्ष्य नै अध्ययन समितिको प्रतिबेदन भएकोले यसमा स्थानिय, प्रदेश र संघीय सरकारलाई अपनत्व ग्रहण गराउनतिर सबै अग्रसर भएर लाग्नुपर्ने कुरामा जिकीर गरे ।
हलिया समाज नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनार, पुर्व अध्यक्ष राजुराम भुल, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डल, महासचिव लागिन्द्र सदा, मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरी, कोषाध्यक्ष हरीकृष्ण चौधरी, राष्ट्रिय दलित नेटवर्कका हुकुम ब। सार्की, द फ्रिडम फण्डका जियाम श्रेष्ठ, बाध्यकारी श्रम उन्मुलन पैरवी समुहका बालाराम भट्टराई, अन्तराष्ट्रिय श्रम संगठनका राम बहादुर चर्मकार, एक्सन एड नेपालका सुजात श्रमानेरा, दलित मुक्ती अभियानका भीम कैनी, फेल्म नेपालका रुजुला शर्मा, मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका राष्ट्र का सरला मर्हजन, स्वतन्त्रता अभियान नेपालका प्रतिक्षा केसी लगायतको सहभागिता रहेको थियो ।