निर्मल राजा जेष्ठ २४,
जनउत्थान सामुदायिक लघुबित्त बितिय संस्था लि.को निमित्त कार्यकारी प्रमुखमा इन्द्र बरालीलाई नियुक्त गरिएको छ ।
जनउत्थान सामदायिक लघुबित्त बितिय संस्था लि.को १८६ औं सञ्चालक समितिको बैठकले बरालीलाई निमित्त कार्यकारी प्रमुखको जीम्मेवारी दिएको हो ।
बैंक तथा बित्तिय संस्था संगै बिभिन्न सामाजिक संघ संस्थामा लामो समय सम्म सफल नेतृत्व गरिसकेको पहिचान बनाएका बरालीलाई संस्थाका संञ्चालकले सो जीम्मेवारी दिएका हुन।
जनउत्थान सामुदायिक लघुबित्त बितिय संस्था लि.मा बरिष्ठ अधिकृतमा सेवा प्रवेश गरेका बरालीले जनउत्थानमा करिब ५ वर्ष देखि मानव संसाधन बिभागको प्रमुखको जीम्मेवारी हेरिरहेका थिए भने अब उनलाई जनउत्थानले निमित्त कार्यकारीको जीम्मेवारी दिएको छ ।
उनलाई नजिकबाट चिन्ने तथा बैंकका कर्मचारीले शिघ्र निर्णय लिन सक्ने, प्रशाशकिय शिप तथा ज्ञान, जोखिम ब्यवस्थापनमा अब्बल, तरलता ब्यवस्थापन संगै कोभिडको समयमा पनि संस्थालाई बित्तिय कारोबार अगाडी बढाउन महत्वपर्ण कदम अबलम्बन गरेको बताउछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय