धनगढी, १७ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कमदको बिरोधमा धनगढीमा आज दिउसो आयोजना गरिने आमसभालाई सम्बोधन गर्न नेकपा(प्रचण्ड–माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आईपुगेका छन् ।

प्रचण्ड केही बेर अघि काठमाण्डौंबाट श्रीएयरको नियमित उडानबाट धनगढी आईपुगेका हुन् । प्रचण्डको स्वागतका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का सुदूर पश्चिम प्रदेश ईञ्चार्ज भीम रावल, सहईञ्चार्ज लक्ष्मी जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेकपाका नेता भानुभक्त जोशी,खगराज भट्ट लगायत बिमानस्थल पुगेका थिए ।

आम सभा सम्बोधनका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष माधव नेपाल भने हिजै धनगढी आईसकेका छन् ।

प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनलाई प्रतिगमनको संज्ञा दिदै धनगढीमा आयोजना गरिने आमसभालाई नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष द्धय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय