
धनगढी, १७ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूर पश्चिमका जनता महान र कसैसंग नझुक्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) द्धारा धनगढीमा जारी आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले धनगढीको बिरोध सभा यस अघिका सभाभन्दा भव्य र ऐतिहासिक भएको बताए ।
उनले सुदूर पश्चिमका जनताले मुलुकका राजनैतिक परिवर्तनमा गरेको बलदानी र त्याग प्रशंसीय भएको बताए ।
उनले प्रतिक्रान्ति र प्रतिगमनको खतरालाई परास्त गर्न सुदूर पश्चिमका जनताले आफूहरुलाई दिएको साथको मुक्तकण्ठले प्रशंसा गरे ।
सुदूरपश्चिमका जनता महान छन्, प्रचण्डले भने, सुदूर पश्चिमका जनतालाई कुनै तागतले झुकाउन सक्दैन । यो सन्देश म संसारभरी लैजानेछु ।
धनगढी आएपछि प्रधानमन्त्री ओलीको बढेको फूर्ति र घमण्डलाई आजको सभामा सहभागी जनताहरुले चकनाचुर पारिदिएको दहालले बताए ।
उनले माधव नेपालसंग लोकतन्त्र र प्रजातन्त्रका लागि सहकार्य गरेको झण्डै ४० वर्ष भएको र आफूहरुको सम्बन्ध नयाँ नभएको स्पष्ट पारे ।
दाहालले सशस्त्र संघर्षका क्रममा पनि नेपालमा गणतन्त्र स्थापनाका लागि माधव नेपाल र आफूबीच सहकार्य भएको बताए ।
दाहालले तीन वर्षअघि ओलीसंग नेकपासंगको गठबन्धन र एकताको प्रस्ताव आफूले लगेको तर उनी सकारात्मक नभएको बताए । दाहालले भने, पछि प्रधानमन्त्री बनाउछु भनेपछि मात्र ओली सकारात्मक भए । र पार्टी एकिकरण भयो ।