हिक्मत नेपाली
कमलबजार,श्रावण १७ ।
कमलबजार नगर दलित एकता समाज अछाम द्वारा क्यान्सर पिडित नरी ढोली र सुगर तथा मृगौला पिडित गंगे सुनार लाई आर्थिक सहयोग गरिएको छ । आज एक कार्यक्रमका बिच ढोली लाई ६ हजार पाँच सय नगद र सुनार लाई ५ हजार नगद हस्तान्तरण गरिएको समाजका अध्यक्ष मिलन नेपालीले जानकारी दिनुभएको छ । आर्थिक अवस्था नाजुक भएका कारणले उपचार गराउन कठिनाइ भएको भनी सामाजिक सञ्जालमा आएपछि थोरै भएपनि राहत पुगोस भन्ने उदेश्यले पिडितको घरमै गएर समाजले हस्तान्तरण गरेको हो । कमलबजार नगरपालिका वडा नं ७ सेरा निवासी ढोली र सुनार दुवै जना लामो समय देखि स्वास्थ समस्या ग्रस्त रहि पिडामा रहेकोले सवैले उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन हुन समाजले अपिल समेत गरेको छ ।
पछिल्लो समय कमलबजार दलित एकता समाजले दलित समुदायका विभिन्न समस्या लाई लिएर अघि बढिरहेको र आगामी दिनमा विभिन्न समस्यामा परेका हरुलाई सहयोग गर्ने कार्यमा निरन्तर लागि रहने समाजका अध्यक्ष मिलन नेपालीले बताउनुभयो ।
ADVERTISEMENT