निर्मल राजा २०७९ श्रावण २१,
देशकै प्रतिष्ठत लघुबित्त तथा अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो वार्षिक प्रगति समिक्षा कार्यक्रम सुरु गरेको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले आज लुम्बीनी प्रदेशको बांके जिल्लाको कोहोलपुरमा एक कार्यक्रमका बिच संस्थाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त वार्षिक प्रगति समिक्षा कार्यक्रमका प्रमुख अतिथी युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यकारी निर्देशक लघुबित्त बिज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहित रहनु भएको थियो भने कार्यक्रममा अतिथीहरु युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका डेपुटी सि. इ. ओ. कन्ना नारायण चौधरी त्यसैगरि युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.का मानव संसाधन बिभाग प्रमुख मदन चौधरी,लघु बित्त सेक्सन बिभाग प्रमुख मान बहादुर चौधरी, आइटी बिभाग प्रमुख रमेश चौधरी, स्टोर सेक्सन बिभाग प्रमुख नरेन्द्र थारु त्यसैगरी लेखा अधिकृत ययोध्या प्रसाद चौधरी, आन्तरिक लेखा परिक्षक तथा अधिकृत बिनोद कुवंर, राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै मानव संसाधन बिभाग प्रमुख मदन चौधरीले कार्यक्रम माथि प्रकाश पार्दे २ दिन सम्म सञ्चालन हुने वार्षिक समिक्षा कार्यक्रममा संस्थालाई अगाडी बढाउन र हालको प्रगतीको अवस्था, शाखामा भएका गतिबिधी, कार्ययोजना,रणनीतिक लक्ष्य,सल्लाह सुझाव, नितीगत ज्ञानशिप लगायत बारे छलफल हुने बताए ।
उक्त समिक्षा कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको लुम्बीनी प्रदेशमा रहेका जिल्लाहरु बांके, बर्दिया, दाङ कपिलवस्तु त्यसैरि कैलालीको नारायणपुर शाखा गरी २१ वटा शाखाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यकारी निर्देशक लघुबित्त बिज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहितले आ.व २०७९÷०८० को भावी मार्ग चित्र ,निति तथा कार्यक्रमको उदेश्य ,उधसिलता बिकास प्रत्येक ब्यत्तीलाई लक्ष्य प्रदान गर्नु साथै संस्थाको परिवर्तित निति नियम बारे जानकारी संगै सहजीकरण गरिरहनु भएको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबल बनाउदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि. संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।
कार्यक्रमको सञ्चालन युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि .का अधिकृत तुला चौधरीले गरिरहनु भएको छ ।