काठमाडौँ

खानेपानी मन्त्री मणि थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाल सरकार भन्नुपर्नेमा ‘श्री ५ को सरकार’ शब्द प्रयोग गरेका थिए।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै माफी मागेका हुन्।

उनले भनेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।

आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।

मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु ।

भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

प्रकाशित: १८ माघ २०७७ १२:२६ आइतबार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय