हिक्मत नेपाली
कमलबजार, माघ १८
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कमलबजार नगरपालिकाका विभिन्न १० वडामा अा.व २०७७/७८ का लागि सञ्चालन हुने कुल २३ अायोजनामा ४८४ जना सुचिकृत बेरोजगार व्यक्ति हरुले न्युनतम १०० दिन बराबरको रोजगारी पाउने भएका छन ।
अा.व २०७७/७८ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २१७३ जना सुचिकृत बेरोजगार व्यक्ति मध्य बाट प्राथमिकताको अाधारमा ४८४ जना छनोट भएका रोजगार सेवा केन्द्र कमलबजारमा कार्यरत रोजगार संयोजक वासुदेव भण्डारीले बताए । कमलबजार नगरपालिकाका दश वटै वडामा सञ्चालन हुने गरी २३ वटा विकास निर्माणका अायोजना छनोट भईसकेका छन । प्रत्येक अायोजना सञ्चालन गर्न सुचिकृत बेरोजगार कै सुचिबाट रोजगार उपभोक्ता समिति गठन गरिने संयोजक भण्डारीले बताए । प्राथमिकरणको अाधारमा ४८४ जना छनोट भएका हरूले न्युनतम १०० दिन बराबरको रोजगार पाउने छन। कामगरेको प्रत्येक दिनको रु ५१७ का दरले दिने व्यवस्था रहेको संयोजक भण्डारीले बताए । यस वर्ष कोरोनाको प्रभावका कारण अायोजना केही ठिलो गरि सञ्चालन हुन गएको भएपनि माघ २५ बाट काम सुरू भएर समयमै सम्पन्न हुने संयोजक भण्डारीले बताए ।
ADVERTISEMENT