अछाम , भाद्र २ ।
नेपाल कम्युनिस्ट पार्टी लगायत चार कम्युनिस्ट पार्टीद्वारा जिल्ला प्रशासन कार्यालय अछाम  मार्फत प्रधानमन्त्रीलाई ४ बुँदे मागपत्र पेश गरेका छन् ।

देउवा–प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले ३ बुँदे सहमति उलंघन गर्दै नेकपाका महासचिव विप्लवलगायत नेता कार्यकर्ता विरूद्व जारी गरिएको पक्राउ पुर्जी, नेता कार्यकर्ताको रिहाई, झुठा मुद्वा खारेज र महंगी एवं एमसीसी, एसपिपी परियोजना बढ्दो महंगी अन्त्यको माग गर्दै चार कम्युनिस्ट पार्टीहरूद्वारा चरणवद्व सङ्घर्षका कार्यक्रम घोषणा गरिएको थियो सोही कार्यक्रम अनुसार भाद्र १ गते (आज) मागपत्र बुझाएको हो । पार्टी द्वारा बुझाईएको  मागपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी विश्व राज मरासेनीले मागपत्र प्रधानमन्त्रि र मन्त्रिपरिषदको कार्यालयसम्म पुर्‍याउने प्रतिवद्वता गरे ।

माग पत्र बुझाउन नेकपाका जिल्ला नेताहरु सरिता चलाउने , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका विक्रम विक , लगायतको  सहभागी रहेको  थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय