हिक्मत नेपाली
कमलबजार,भाद्र १० ।
लैङ्गिक हिंसामा आधारित हिँसा रोकथाम तथा प्रतिकार्य परियोजना दोश्रो चरण अन्तर्गत लैङ्गिक हिंशा निवारण कोषका सम्बन्धमा सरोकारवाला संग अन्तर्क्रिया गोष्ठी कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । संयुक्त राष्ट्र जनसंख्या कोष UNFPA को आर्थिक सहयोग तथा कमलबजार नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा VSO , मानसिक स्वास्थ तथा परामर्श केन्द्र नेपाल (CMC) र पिसवीन नेपालको साझेदारी रहेको थियोे । कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी विष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियोे । यस्तै सो कार्यक्रममा कमलबजार नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष , पालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर विष्ट , कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अन्मोल, इलाका प्रहरिबाट प्रतिनिधि, UNFPA जिल्ला संयोजक आस्था रिजाल लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागीता रहेक थियोे । सो कार्यक्रममा संयुक्त राष्ट जनसंख्या कोषका जिल्ला संयोजक आस्था रिजालले कार्यक्रम को बारेमा जानकरी दिनु भयो, मानसिक स्वास्थ तथा परामर्श केन्द्र नेपालका मनोपरामर्श कर्ता पार्भती बोहराले प्रतिकार्य तर्फको को उपलब्धि र चुनौती बारे जानकरी दिनु भयो र पिसविन नेपालका जिल्ला सुपरभाइजर पुष्पा चन्द ले रोकथाम तर्फको उपलब्धि र चुनौती र कार्ययोजना बारे जानकारी दिनु भयो । कमलबजार नगरपालिका प्रमुख प्रशासकिय अधिकृत र महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गानाले लैंगिक हिंसा निवारण कोषको बारेमा जानकारी दिदै सो बारे छ्लफल अगाडी बढाउनु भयो । कार्यक्रमका अध्यक्ष तथा नगर उपप्रमुख बिष्टले समाजमा रहेका सवै प्रकारका हिंसा न्यूनीकरण गर्न योजना बनाएर पालिकाले काम गर्ने र लैंगिक हिंसामा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोश्रो चरण अन्तर्गत पालिका र मातहतमा कार्यरत सामुदायिक मनोसामाजिक कर्तकर्ता लाई लागत साझेदारीमा निरन्तरता दिने वताउनु भयो । कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षको तर्फ बाट वडा नं ५ कुईकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले सम्बोधन गर्दै यो कार्यक्रम अति आवश्यक रहेको र लगत्तै पालिकाका सवै वडामा लागू गरिनु पर्ने र यसमा पालिका तथा वडाले पनि सहयोग गर्ने वताउनु भयो । कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले गर्नु भएको थियोे ।
ADVERTISEMENT