धनगढी कैलाली भाद्र १०,
नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री एन पि साउँदलाई कैलालीको धनगढीमा भब्य स्वागत गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले स्वागत गरेका हुन ।
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित तीन चरणमा सञ्चालन हुने ’जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्मको अभियानलाई सफल पार्न नेता साउँद कैलाली आएका हुन् ।
जिल्लाका लागि केन्द्रीय प्रतिनिधि सिफारिस भएका नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एन पी साउँदलाई सुदूरपश्चिमको कैलालीमा काग्रेस महासमिति सदस्य, नेपाली कांग्रेसका नेता कार्यकर्ताले धनगढी बिमानस्थलमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय