
निर्मल राजा, धनगढी कैलाली
प्रधानमन्त्री शेर बहादुर देउबा र सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका बिच भेटबार्ता भएको छ ।
भेटबार्ता को क्रममा राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउबालाई सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम ,बिकास योजना,बजेट बारेमा जानकारी गराएको राज्यमन्त्री रैकाका स्वाकिय सचिव राजेन्द्र रैकाले वताए ।
त्यस्तै राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउबा समक्ष आफुहरुले सुदूरपश्चिमको शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासलाई बिशेष प्राथमिकता दिएको बताउदै संघीय सरकारबाट उक्त क्षेत्रमा थप सहयोगका लागि आग्रह गरे ।
प्रधानमन्त्री देउबा र राज्यमन्त्री रैका बिच आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनैतिक घटना क्रमका बारेमा समसामयीक छलफल भएको स्वाकिय सचिव रैकले वताए ।