डा.प्रिती भट

अनि तपाई दिनमा कति पानी पिउनु हुञ्छ तपाई हामी मध्ये स्वास्थ संस्था जादा चिकित्सक वा स्वास्थकर्मिले
छुटाउँदै नछुटाउने इतिवृत्तिमा पर्छ यो प्रश्न। हामीलाई यो प्रश्न सामान्य लाग्न सक्छ तर हामीले सेवन गर्ने पानीको र झोलिलो कुराहरूको मात्रा स्वास्थ्यको एक महत्वपूर्ण सूचकांक मानिन्छ । पानी केवल प्यास मेटाउने साधन मात्र नभएर औषधीको सहपान, अनुपान हो भने आफैमा उत्तम औषधी पनि हो । “यत् पिण्डे तत् ब्रम्हांड” भने जस्तै पृथिवीको करिब ७१ प्रतिसत भूभाग जलीय छ भने सोहि अनुरुप हाम्रो शरीर पनि लगभग ६० प्रतिसत तरल पदार्थले बनेको छ। हाम्रा शरीरका अधिकांश ग्रन्थी एवं तन्तुहरु जलीय संगठनले बनेका छन्। जलले शरीरका धातुहरुलाई एकआपसमा जोडेर राख्ने र पोषण गराउने , शारीरिक अङ्गहरुलाई घर्षण र रूक्षता बाट जोगाउने , स्थिरता प्रदान गर्ने, आहार रसको ज्ञान ,अन्नमा क्लेदता ल्याएर पाचन क्रियामा सहयोग गर्ने आदिजस्ता कर्महरु गर्दछ। त्यस्तै कोषिकाहरुको निर्माणमा सहयोग गरेर रक्तको शुद्धता एवं रक्त धातुमा वृद्धि ,स्वेद र मुत्रादीका रूपमा शरीरमा उत्पन्न हुने हानिकारक पदार्थलाई शरीरबाट निकाल्ने , तापक्रम सन्तुलित राख्ने , चयापचया क्रिया बढाएर अजीर्ण एवं कब्जियत हुन नदिने , मृगौला स्वस्थ राख्ने, जलबियोजन हुन नदिने ,पत्थरीको निर्माण र पिसाबको संक्रमण हुन नदिने , शरीरको तौल सन्तुलित राख्ने जस्ता फाइदाहरु पानीको उचित सेवन गरेमा हामीले पाउन सक्दछौं ।

सामान्य व्यक्तिले दिनमा करिब ३(४ लिटर पानी पिउन चिकित्शकहरु सल्लाह दिन्छन । शारीरिक बनोट , परिश्रम , पाचकाग्नी र ठाउँ गर्मी र चिसो आदिलाई ध्यानमा राखेर कति मात्रमा र कस्तो प्रकारको जल सेवन गर्ने भनेर निधो गर्नुपर्दछ।
सेवन गर्ने विधि स्
नआत्तिएर , बसेर पानी पिउने ।
खाना खानु पूर्व आधा घण्टा अघि र खाना खाएको एक घण्टा पछि मात्रै पानीको सेवन गर्ने ।
खाना खादा बिचबिचमा थोरै मात्रामा पानीको सेवन गर्न सकिन्छ।
प्यास लाग्दा मात्रै पानी पिउने र एकै पल्ट धेरै पानी नपिएर थोरैथोरै मात्रामा पिउने।
पानीको तापक्रम आफ्नो कोठाको तापक्रम संग मिल्ने हुनुपर्दछ। ९तथापी मनतातो पानी सामान्यता पिउन सकिन्छ।
मृगौला रोगले ग्रसित ,शरीर सुन्निएको अवस्थामा , मुटु रोग लागेका व्यक्तिले ,असन्तुलित प्रमेहयुक्त व्यक्तिले धेरै मात्रमा पानी वा झोलिलो कुराहरुको सेवन गर्नु हुदैन ।

मनतातो पानीको गुण
( भोक बढाउने , सजिलै संग पच्ने ९४८ मिनेट०, पाचन शक्ति बढाउने, घाटी र मुत्राशयका लागि हितकारी, शारीरिक थकान मेटाउने र प्राय सबै व्यक्तिले सेवन गर्न सक्ने।
( रक्तसंचार बढाउने र शरीरको तौल सन्तुलित राख्ने।
( ज्वर , श्वास कास , शारीरिक दुखाई ,त्वचालाई स्वस्थ राख्ने ।

चिसो पानीको गुण
( मादक पदार्थ सेवन गरेको बेलामा , मुर्छा , वान्ता गरे पछाडी , चक्कर लागिरहने बिरामीमा , धेरै गर्मि देशमा , शारीरिक दाहामा , रक्तपित्त र विषाक्ततामा हितकारी।

के हो संस्कारित पानी
शुद्ध पानीमा केहि कुरा मिलाएर पानीको गुणमा बृद्धी गराउने कुरालाई पानीको संस्कार गरिएको भनिन्छ। निम्न कुराहरु हामी संस्कारका लागि प्रयोग गर्न सक्छौ स्
१। कागती
२। पुदिना
३। जिरा
४। काक्रो
५। अदुवा
आफ्नो शरीरको माग एवं रोगको अवस्था बुझेर निर्मल वा सस्कारित पानीको प्रयोग गरेर हामी स्वस्थमय जीवन जिउन सक्छौ र अरुका लागि पनि स्रोत व्यक्ति बन्न सक्छौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय