युवराज विष्ट

पटकपटक मलाइ यी कुराहरु ले झस्काउछ म अति याद गर्छु सम्झिन्छु कि हाम्रो अछाम ले कति धेरै सम्भावना बोकेको छ। यो सम्भावना लाई अर्थपूर्ण रुप मा सावित गराउन के हाम्रा जनप्रतिनिधिहरु प्रतिबद्ध रहनु भयो त? प्रश्न गर्ने कि नगर्ने। आज यहाँ का नागरिकहरुको जनजिविका का सवालमा यहाँ का विकाराल महिला हिंसा जातियविभेद र अशिक्षित नागरिक लाई सुयोग्य नागरिक बनाउने सवाल मा हाम्रा जनप्रतिनिधि ज्यु हरु कति को सक्रिय रहनु भयो प्रश्न गर्ने कि नगर्ने?
आज यस्ता राम्रा सम्भावना बोकेका क्षेत्रहरु अल्पत्र छन कुनै ब्यवस्थित हुन नसक्दा साचैनै अछाम का युवाहरू खुसी हुनुहुन्छ त? र अछाम को सत्ता फेरबदल को प्रश्न उठाउन सक्ने कि नसक्ने? यी कुराहरु ले धेरै महत्वपूर्ण अर्थ राख्दछ। फेरि पनि सेलेक्टेड र फेलर हरु लाई अवसर दिने हो या त कुनै नया अनुहार लाई जनता को प्रतिनिधि गराउने यो सन्दर्भमा अन्तरहृदय देखि युवा साथीहरू ले बहस गर्न सक्ने वा नसक्ने ? युवाहरू माथी प्रश्न उठि रहेको छ।
[*रामारोशन ताल,कमलबजार पाचुली,तितौडा शिव गुफा,बैझनाथ धाम,पन्चदेवल विनायक,बाचकोट लवामालि, मङ्गलसेन मालिका,बुढिगङ्गा,कैलाश खोला,नौघाटे,लोढे घाट,कर्णाली नदि,कमलबजार विमानस्थल,साफेवगर,विमानस्थल,अछाम दरवार,अछाम का बहुमुखी क्याम्पस,जिल्ला अस्पताल]
यी सम्भावना लाई अल्पत्र पार्ने जनप्रतिनिधि हरु लाई नै फेरि सेलेक्ट गर्ने वा त विदाइ गर्ने? प्रशन या नीर हो।
********** ********** *********
#केलायर हेर्नुस अछाम को समृद्धि भेटाउनु हुने छ।
बाइसे चौविसे राज्य का राजा र गणतन्त्र का मन्त्री, माननीय, गवर्नर आदि इत्यादि ज्यु
[पुर्ब मन्त्री भिम रावल माननीय यज्ञ बोगटी ज्यु]
सबै भन्दा पैले त हामी ले सामाजिक,शैक्षिक,आर्थिक,स्वस्थ्य,ब्यावसायिक र राजनैतिक परिवर्तन सङ्गै कृषि मा आधुनिकीकरण ल्याउन अति आवस्यक छ।
सदरमुकाम मा आधुनिक भौतिक संरचना सहित को बजार विस्तार र आकर्षण नबढनु,अछाम का धार्मिक र पर्यटकीय स्थल हरु को विकास हुन न सक्नु , सडक यातायात पर्याप्त मात्रा मा विस्तार हुन नसक्नु , जिल्ला अस्पताल ले भर पर्दो स्वासथ्य सेवा उपलब्ध गराउन नसक्नु को कारण,विश्व बजार लाई झिलिमिली बनाउने क्षमता बोके का कयौं नदिनाला हरु छन ति नै नदिनाला हरु को सहि सदुपयोग नहुनु र अछाम ले बिजुली नपाउनु को कारण के रहेछ? अछाम का विमानस्थल हरु सन्चालन मा किन आउन सकेन? कमलबजार विमानस्थल का लागि स्थानीय तह बाट कयौ कदम चालिदा पनि माननीय ज्यु ले गम्भीर रुप मा यश विमानस्थल लाई नलिनु को कारण के रहेछ?अछाम का बहुमुखी क्याम्पस हरु कोरोना लायर थला परेको विरामी जस्तै बने का छन। जब बहुमुखी क्याम्पस मा गुणस्तरीय शिक्षा स्वच्छ खाने पानी को व्यावस्था हुन नस्क्नु को परिणाम अछाम को शिक्षा क्षेत्र मा हुन सक्ने सम्भावित लागानी बाहिरिरहेको छ। प्राविधिक शिक्षा मा भरपर्दो र गुणस्तर नहुनु ले अछाम का तमाम युवा विद्यार्थीहरु बाहिरियका छन। गृह जिल्ला मा पाउन पर्ने शैक्षिक गुणस्तर यहाँ का विद्यार्थी ले पाउन नस्कनु दु:खद कुरा हो। हाम्रो लगानी बाहिरिरहेको छ। त्यो लगानी लाई अछाम जिल्ला भित्र लगानी गरि आर्थिक रुपमा बलियो बनाउने आधार खोज्न नसक्नु दु:खद कुरा हो।
मन्त्री उप प्रधानमन्त्री पाउने हाम्रो अछाम जिल्ला ले यउटा राम्रो विश्वविद्यालय पाउन नसक्नु विडम्बना को कुरो हो। हामी प्राकृति र संस्कृतिक रुप मा निकै समृद्ध छौं। मौलिक धर्म संस्कृती,कृषि,वन,खनिज र जलस्रोत हरु अछाम को समृद्धि को मुख्य आधार हुन । यिनै प्राकृतिक सम्पदा को सहि सदुपयोग गरि विकास निर्माण का कार्य हरु लाई अगाडि बढाउन नसक्नु अछाम लाई विकास का हिसाब ले यक खुड्किला पछाडि धकेल्नु हो। बेरोजगार लाइ पुर्ण रुप मा समाप्त पार्न प्राविधिक शिक्षालय को विकास र कृषि छेत्र मा आधुनिकीकरण ल्याउन आज को अपरिहार्य हो। अछाम सङ्ग थुप्रै खेतीयोग्य जमिन छ यहि भुमिलाइ आधुनिक कृषि प्रणाली लागु गरि अछाम को माटो मा फले को विभिन्न तरकारी हरु रास्टिय बजार ले चाखन पाउने ब्यावस्था मिलाउन आज को आवस्यक्ता हो।
तसर्थ यस्का लागि सडक सञ्जाल को विस्तार यवम विकास हुन जरुरी छ। सबै भन्दा पैले त कर्णाली को बन्द कोठामा थुनियर रहेका थुप्रै स्रोत साधन हरु लाई कर्णाली को बन्द ढोका खुलाइ रास्टिय बाजार मा सिधै सम्पर्क मा ल्याउन आवस्यक छ। कर्णाली को बन्द कोठा मा थुनियर रहेका पर्यटक हरु अछाम भित्र्याइ अछाम को माटो मा फले को अर्गानिक पोस्टिक तत्व को मिश्रण बाट बनाय को ताजा कक्टेल ले स्वागत गर्न आवस्यक छ। त्यसो हुदा अछाम को पर्यटकीय स्थल को विकास र आर्थिक समृद्धि को ढोका खुल्ने निश्चित छ।
१० बर्ष जनयुद्ध ले(भत्कायर गयको) छोडेर गय को चिनो अछाम दरबार को पुर्ण निर्माण हुन आवस्यक छ। किन कि अछाम दरबार पुर्ण निर्माण ले सदरमुकाम लाई निकै आकर्षण देखाउने कुरा मा दुई मत छैन। दरबार आसपास खुल्ला मंच लाई ब्यवस्थित गरि पार्क का रुपमा संस्थागत विकास गरि कर्मचारी राख्ने ब्यवस्था र दरबार घुमन आउने आन्तरिक तथा बाह्य प्रयटक हरु अवलोकन गर्न आउदा केही शुलक निधारण गरौ र त्यस्तै कमलबजार नगरपालिका मा रहेको बायुउर्जा रहेको कालिका मन्दिर र पाचुली लाई ब्यवस्थित पार्क बनाइ कर्मचारी राखौ र केही शुल्क निधारण गरौ यसो गर्नाले नागरिक लाई रोजगारी को शृजना हुन्छ भने नगरपालिका लाई आर्थिक र पर्यटकीय दृष्टिकोण ले बलियो बनाउन सक्छौं। हामी ले अछाम लाइ आर्थिक रुप मा समृद्ध बनाउन का लागि अछाम का चारै दिशा तिर का ढोका हरु खुलाउन आवस्यक छ। चिसापानी जङ्गल घाट दुर्त मार्ग , जङ्गल घाटामा पक्की पुल, मदन भण्डारी राजमार्ग सङ्ग जोड्ने वेनि मा पक्की पुल र कर्णाली करिडोर सङ्ग जोड्ने सडक निर्माण लाइ रास्टिय योजना को रुप अघि सारी रास्टिय स्तर बाटै योजाना को मर्मत गर्न पर्छ। यश का लागि माननिय ज्यु क्रमशः
हरु बाट उपयुक्त कदम चालियोस।
साही खोला बाट तुलता रानिवन रफ का बाट हरु धमाली हुँदै पुन्यवाटा हुँदै पर्यटकीय स्थल तितौडा शिवगुफा लाई जोडने, पुनेवाटा हुँदै पर्यटकीय स्थल कमलबजार को पाचुली जोड्ने र कमलबजार बाट गरिटाड हुँदै सदर्मुकाम जोडने र सदर्मुकाम बाट वलिगाउ हुँदै पर्यटकीय स्थल रामारोशन जोड्ने कालो पत्रे सहित को सडक निर्माण का लागि संघिय सरकार र प्रदेशसरकार बाट उपयुक्त बजेट छुटाइ निर्माण कार्य मा अगाडि बढन अति आवस्यक छ। यसरी चारै तिर का ढोका खुल्ला हुदा अछाम को माटो मा उत्पादित बस्तु हरु लाई रास्टिय बजार मा निर्यात गरि आर्थिक रुप मा बलियो हुनेछौ। यति गर्न सकियो भने हामी आर्थिक रुपमा बलियो हुने छौ। जनता का जनजिविका का सवाल मा हामी र हाम्रा जनप्रतिनिधिहरु ले सहज जिविकोपार्जन हुन सक्ने खाल गुरुयोजना तयार पारी कार्यन्वयन गर्न सक्रिय रहनुपर्छ। तर बहुदल यता निरन्तर हामी ले जनप्रतिनिधिहरु पायौ। कैले माओवादी त कैले यमाले आलोपालो सत्तामा गय। भिम रावल, सरद सिंह भण्डारी,भरत साउद, र ऐले यज्ञ बोगटी लगायत जल्दाबल्दा नेताहरुलाइ जनता ले चुने तर सोछे जस्तो परिणाम उहाँहरु ले पनि दिनु भयन। जनता का प्रत्येक्ष भावना अत्ति विपन्न बर्गका नागरिकहरु को जनजिविका संघ जोडने खाल को योजना ल्याउन सक्नु भयन। संघियता ले जस्तो किसिम को विकास को योजना बनायको थियो त्यस्तो खाल को समानुपातिक विकास हुन सकेन। समाज र समाज का बासिन्दा हरु को जीवनमा सामन्य परिवर्तन सम्म आयन। यो दु:खद कुरा हो। अब अछाम मा सत्ता परिवर्तन गरौ पुराना अनुहार लाई विदाइ गरौ र नया अनुहार लाई सेलेक्ट गरौ र अछाम को नया संरचना तयार पारौ। सेलेक्टेड र फेलर हरु धेरै भय अब साचैनै अछाम को मुहार फेर्न भिम रावल, सरोज सिंह भण्डारी,भरत साउद,यज्ञ बोगटी लगायत का माननीय ज्यु लाई विदाइ गरौ र नयाँ पुस्ता लाई सत्तामा लियर जाउ अछाम को रुपरेखा आफै कोर्न सकिन्छ अछाम लाई श्रृङ्गार गर्न अब नया अनुहारहरु ल्याउन पर्छ। आम नागरिक हरु जाग्नु पर्छ।
#जय नेपाल
युवराज विष्ट
नेपाल विद्यार्थी संघ अछाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय