भदौ २६ काठमाण्डौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेकोे छ। देशै भर एकै पटक एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिनेछ ।

आगामी भदौ ३० देखि असोज ६ गतेसम्म बिहान १० देखि ५ बजेभित्रको समयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ। भर्नाका लागि जुनसुकै जिल्ला प्रहरी कार्यलयमा आवेदन दिन सकिनेछ ।

असोज ९ देखि असोज १४ सम्म छनौट प्रारम्भ हुने बताइएको छ भने असोज २५ मा नतिजा प्रकाशित हुने छ। असोज ३० देखि कार्तिक ८ सम्म म्यादी प्रहरीको तालिम हुने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुने छ। प्रतिदिन ८६९ का दलले ३४ हजार ७६० रुपैंया पारिश्रमिक हुने सूचनामा उल्लेख छ। त्यस्तै, खाद्यान्न बापत ७ हजार २ सय हुने र हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउने जनाइएको छ।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुलाई ज्याकेट खरिदका लागि थप १ हजार उपलब्ध हुनेछ। Source Mirmire Online

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय