
हिक्मत नेपाली
कमलबजार भाद्र २७ ।
भिरबाट खसेर गम्भीर चोट लागि उपचारका क्रममा निधन भएका कमलबजार नगरपालिका वडा नं १ मुलिका स्वर्गीय गम्भीर सिंह बिष्ट कि श्रीमती शोभा बिष्ट लाई प्रभु लाईफ ईन्सुरेन्स कम्पनी ले बिमा बाफत ११ लाख २ हजारको चेक हस्तान्तरण गरेको छ । आज कमलबजारमा भएको मृत्युु दावी भुक्तानी कार्यक्रम अन्तर्गत कम्पनी का अछाम शाखा प्रमुख देवानन्द खतिवडाले कमलबजार नगरपालिकाको परिसरका निर्वाचीत जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थितिमा चेक हस्तान्तरण गर्नुभएको थियोे ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड मा मृतक गम्भीर सिङ् बिष्ट ले आफ्नो दश लाख को बिमा र छोराको दुई लाख को बिमा गर्नु भएको थियो । ११ लाख २ हजार कि चेक उहाको श्रीमती ले प्रप्त गर्नु भयो भने छोरा ले मासिक २ हजार १२ वर्ष सम्म पाउने छ साथै छोराको बार्षिक किस्ता १२ बर्ष सम्म कम्पनी ले बेहाेर्ने खतिवडाले बताउनु भयो ।