
निर्मल राजा कार्तिक ५, २०७९
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।
बारबर्दिया नगरपालिका वडा नं–७ का ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको हो ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारूको हात्तीको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।
पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्नुका साथै बालीनाली खाई दिने तथा तहसनहस गरिदिने गरेका छन् ।
बर्दियाका किसानहरु रातदिन नभनी खेती बालीमा नै जागराम बसीरहेका हुन्छन् ।