
अछाम कार्तीक १२ : सत्ता गठबन्धनको घर दैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम कमलबजार नगरपालिकाको बिरपथ,स्याउले,क्वाल्लेख र डुङ्गालामा सम्पन्न भएको छ ।
घर दैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले गठबन्धनका उम्मेदवार हरुको जित निश्चित भएको बताए । सबैले हातमा हात मिलाएर एक जुट भएर यो महा अभियानना लागेर गठबन्धनका उम्मेदवार लाई जिताउन लाग्नुपर्नेमा उनले जोड दिए ।
घर दैलो कार्यक्रममा प्रदेश सभा ख नेकपा माओवादीका तर्फबाट समानुपातिक उम्मेदवार मोतीकला चलाउने, काङ्ग्रेस अछामका नेता बिनोद थापा, रामबहादुर शाही, पुष्प अधिकारी, रबिन्द्र शाही, राम प्रसाद भाट, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी लगायतको उपस्तिथि रहेको थियोे । Copy By SudoorAaja