काठमाडौं । सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ ।

गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । शनिबार गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताउनुभयो ।

उहाँले निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरेको बताउनुभयो । उहाँले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

गृह मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो । आइतबार देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय