
२१ माघ, काठमाडौं । कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएको छ ।
संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् ।