दाहाल-नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पक्राउ गरेको छ। उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकउ गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

उनले भने, ‘आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायतका नेताहरू लाई कलंकीबाट गिरफ्तार गरेको छ।’

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाई विनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि दाहाल-नेपाल समूहले आकस्मिक रुपमा हड्ताल घोषणा गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय