भानुभक्त ढकाल : माघ २२

        कमलबजार नगरपालिकामा स्वास्थ्यकर्मिहरुको क्षमता अभिबृद्धिका लागी ७ दिने  बृहत पोषण प्यकेज सुरु भएको छ मिति २०७७ माघ २२ गते देखि २८ गते सम्म सञ्चालन हुने बृहत पोषण तालिको उदघाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका कार्यवाहक नगरप्रमुख भुमिशरण ढकाल बजगाइ ज्यू ले नगरपालिकाले विकास निर्माणसँगसँगै स्वास्थ्य र शिक्षा विकासमा जोड दिइरहेको बताउनुभएको छ । का.बा. नगर प्रमुख ढकाल ले स्वास्थ्यकर्मीको बृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्धि सम्बन्धी सात दिने तालिम सुरुवात गर्दै स्वास्थ्यका कुनै पनि कार्यक्रम लागू गर्न नगरपालिकाले कञ्जुस्याई नगर्ने बताउनुभयो ।
‘‘नगरपालिकाले पोषणलाई महत्व दिएर काम गरिरहेको छ । पोषण सुधारका लागि नगरपालिकाले विभिन्न खाले कार्यक्रम गर्दै आएको छ’’, का.बा. नगर प्रमुख ढकाल बजगाइ ले भन्नुभयो, ‘‘भविष्यमा स्वस्थ नागरिक बनाउन नगरपालिका सक्रीय भएको छ । यो तत्काल नदेखिए पनि भविष्यका लागि लाभ हुनेछ ।’’
कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले  स्वास्थ्यकर्मी पोषणको लिडर भएकाले समुदायले सहज तवरले बुझ्ने गरी सिकाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शाखाका संयोजक जनस्वास्थ्य अधिकृत चक्र बहादुर बिष्ट ले कमलबाजर नगरपालिकामा कुपोषणको समस्या बढी रहेको बताउनुभयो । उहाँले दीर्घरोगका विरामी बढ्दै गएकाले पोषणमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा शाखाका पोषण फोकल व्यक्ति टेक बहादुर बिष्ट ले कमलबाजर नगरपालिकामा कुपोषणको दर घटाउन आफु लागिपरेको र निकट भविष्यमा सबैको सहकार्यमा पोषण मैत्रि वार्ड घोषणा गरिने बताउनुभयो । र मातृ, नवजात शिशु तथा नाबालकको पोषण मार्फत होचोपन/पुड्कोपन र ख्याउटेपन न्युनिकरण गर्ने र गम्भिर कुपोषणको व्यवस्थापन गर्न चुनौति रहेको र बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। तर कुपोषणबाट पिडित लाखौं बालबालिकाको लागि वास्तविकता निकै तितो छ। थप लाखौं बालबालिका चरम कुपोषणका कारण पुड्का हुन जान्छन् जसको उपचार सम्भव छैन । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रुपमै छोट्याउने गर्दछ । उक्त चुनौती लाइ तोड्न यो तालिम पश्चात सबै स्वास्थ्यकर्मी लागी पर्ने  जोड दिनुभयो ।

तालिममा कमलबजार  नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु सहभागी थिए । कमलबाजर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट को अध्यक्षता मा भएको कार्यक्रम  सिनियर अहेव टंक बहादुर भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय