निर्मल राजा पौष २३, २०७९,
नेपाली कांग्रेस कैलालीका पाटी सभापति नारायण दत्त भट्टले जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलको निधनमा दुख ब्यक्त गरेका छन् ।
उनले आज शनिबार शोक बिज्ञप्ती जारी गदै भनेका छन् कलेलको निधनले नेपाली कांग्रेस कैलालीलाई अपुरणीय क्षति पुगेको, पाटीले अनुभवी पुराना निष्ठावान्, इमान्दार नेता गुमाएको उनको निधनमा कैलाली कांग्रेस दुख ब्यक्त गर्दछ  भनेका छन् ।
मिर्गौला र कलेजेको बिरामी रहेका कलेल एक महिनादेखि काठमाडौंको वीर अस्पतालमा उपचाररत थिए ।
उनको उपचारका क्रममा शनिबार दिउँसो साढे १ं बजे वीर अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो।
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ बाट वडा सदस्यमा निर्वाचित कलेललाई नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदबार बनाइएको थियो र निर्वाचित भएका थिए ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ लिक्मा निवासी ५३ वर्षिय कलेलको बि.सं २०२६ साल असार १४गते डोटीको बडिकेदार गाउपालिका १ स्यालीमा जन्म भएको थियो ।
उनका श्रीमति ३ छोरा र ३ छोरी रहेका छन् ।

उनको शव शनिबार नै काठमाडौंबाट गृहनगर मसुरियाको बढैपुरमा ल्याउने तयारी भइरहेको छ ।
कलेलको निधनमा नेपाली कांग्रेस कैलालीले एक दिन (आइतबार) पार्टीको झण्डा आधा झुकाउने, शोक पुस्तिका राखिने निर्णय गरेको कांग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय