कमलबजार  पाैष २३ ।
सुदुर पश्चिम प्रदेश शभाका ज्येष्ठ सदस्य तथा अछाम निर्वाचन क्षेत्र नंं. २ प्रदेश ख बाट प्रत्यक्ष निर्वाचित सांसद मान बहादुर रावलले सरकार निमार्णको संघारमा आएर नेकपा माओवादी केन्द्रले धोका दिएको बताउनु भएको छ । रेडियो के.बि.एम.को बहसमूलक कार्यक्रम के.बि.एम.बहसमा कुरा गर्दै रावलले यस्तो बताउनु भएको छ ।
४ मंसिरमा सम्पन्न संघ र प्रदेश शभाको निर्वाचनमा माओवादीले नेपाली काँगे्रेसकै कारण सन्तोषजनक सिट प्राप्त गरेको जिकिर गर्दै रावलले अन्तिम समयमा आएर माओवादीले ठुलो धोका दिएको भनाई राख्नुभयो ।
सुदुरपश्चिम प्रदेश शभाका ज्येष्ठ सदस्य तथा अछाम निर्वाचन क्षेत्र नं. २ प्रदेश शभा ख का प्रत्यक्ष निर्वाचित सदस्य मान बहादुर रावलले आाफु प्रदेश शभा सदस्यको रुपमा निर्वाचित भैसके पश्चात सरकारमा होस् या प्रतिपक्ष जनताका पक्षका सदैब वकालत गर्ने कुरामा ढुक्क हुन आम जनतालाई आग्रह गर्नू भयो । नेपाली काँग्रेस जहिल्यै जनताको प्रिय पार्टी भएकाले जनताका पिर मर्का बुझ्न सरकारमै हुनु पर्ने नभएको बताउँदै उहाँले प्रतिपक्षमा बसेर पनि सरकारलाई घचघच्याउन सकिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय