धनगढी — सुदूरपश्चिम प्रदेशसभाले शनिबार पनि सभामुख चयन गर्न असफल भएको छ । सभामुख चयनका लागि बिहीबार भएको मतदानमा पनि उम्मेदवारको मत निर्बाचित हुन अपुग भएपछी शनिबार पुनः मतदान भएको हो ।
पुनः मतदानमा पनि सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभाध्यक्ष शिवराज भट्टले उक्त प्रस्ताव अस्वीकृत भएको घोषणा गरे । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुुमत जुुट्न नसकेको हो ।
सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री,माओवादीलाइ सभामुख र नागरिक उन्मुक्तिलाई उपसभामुख दिने भनिएको छ तर उन्मुक्तिले सभामुख निर्वाचनमा सघाइरहेको छैन ।