कमलबजार, माघ १२ ।
कमलबजारमा विगत ३ दिन देखी बिजुली नआउदा सेवा ग्राही मर्कामा परेका छन । विजली नआउदा यहाँका सरकारी कार्यालय, विभिन्न सेवा प्रदायिक निकाय संघ संस्थाका सेवा प्रभावित भएका छन ।
कमलबजार नगरपालिकाका स्वास्थ्य शाखामा कार्यारत हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्टले कार्यालयमा विजुली नहुदा सेवा प्रवाहमा समस्या भएको बताउनु भयो ।
यस्तै कमलबजारका लामो समयदेखी व्यापार व्यवसायमा संलग्न सनराईज कम्युनिकेशनका सञ्चालक पदम बहादुर बिष्टले विजुली नआउदा सेवा प्रवाभित भएको बताउनु भयो ।
कमलबजार नगरपालिकाका उजुरी प्रशासक पवित्रा भण्डारीले बिद्युत नियमित नहुदा निकै समस्या भैरहेकाले सेवा प्रदायक निकायले चाडो विजुली नियमित गर्न आग्रह गर्नु भयो ।
विद्युत्त नियमित नहुदा कमलबजारमा सञ्चालित २ वटा एफ एम रेडियो पनि बन्द गर्नु पर्ने परिस्थीती सिर्जना भएको रेडियो केबिएम एफ.एमका अध्यक्ष हिक्मत नेपालीले बताउनु भयो । साथै सम्बन्धीत निकायको ध्यानाकर्षणका लागी उहाँले आग्रह गर्नुभयो ।
बिधुत कहिले आउछ भन्ने प्रश्नमा नेपाल विद्युत प्राधिकरणमा कार्यारत कपिल अधिकारीले बिद्युत चाडो सुचारु गर्नका लागी प्रयासरत रहेको र अविरल बर्षाका कारण कहाँ समस्या आएको पत्ता नलागी सकेकोले केही समय लाग्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय