टि.बी भण्डारी  कमलबजार माघ २७
तपाई पहिलो पटक कमलबजार आउनु भएको हो भने अग्लो डाडामा छरिएर रहेका नेपाल टेलिकम ,स्र्माटका टावरहरु तथा ईन्टरनेट सेवा प्रदायक वल्ड्रलिंक ,सुबिसु,एभरेष्टनेट,मर्कनटाईलका टावरहरुले कमलबजारमा फोन तथा ईन्टरनेट सेवा गुणस्तरिय रहेको भान हुन सक्ला जब घाम अस्ताउन थाल्छ तब फोन नलागेर हेरानी खेप्नु पर्ला यस्तै समस्या बाट दैनिक अछाम जिल्ला कमलबजार नगरपालिकाका नागरिकहरु नेपाल टेलिकम र स्र्माट टेलिकम को फोन नलाग्ने र ईन्टरनेट समस्याले आजित भएका छन ।
कमलबजार नगरपालिका लगायत यस क्षेत्रका ग्रामीण भेगमा नेपाल टेलिकम र स्र्माट टेलिकम को फोन सेवाले निरन्तर काम नगर्दा सर्वसाधारण ले समस्या भोग्नु परेको छ।
राति १० बजेदेखि अर्को दिन घाम नलागे सम्म फोनको नेटवर्क नहुँदा सजिलै फोन नलाग्ने गरेको कमलबजारका स्थानीय प्रेम भण्डारीले ‘नेपाल टेलिकमको नेटवर्कको समस्याले निकै दुःख दिने गरेको र फोर जी टावर छ तर २ जी चल्ने साझ पर्ख इन्टरनेट चल्दै नचल्ने हुँदा समस्या रहेको बताए ।

टेलिकमले टावरमा विद्युत आपूर्तिको लागि सोलार जडान गरेको छ । तर ती सोलारबाट टावरलाई २४ औं घण्टा चाहिने विद्युत आपूर्ति गर्न नसक्दा हामीले सम्पर्क विहीन बस्नु परेको छ कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्ट ले भन्नु भयो । हामीले नगरपालिकाको सहकार्यमा निकट भबिष्यमा टावरलाई २४ औं घण्टा चाहिने विद्युत आपूर्ति गर्न विद्युत कार्यालय सँग समन्वय गरिरहेको जानकारी गराउनु भयो ।
टावर निर्माण गर्दा कमसल सोलार ब्याट्री जडानले चार्ज नटिक्ने समस्याले आफुहरुले दुःख पाइरहेको कमलबजार का स्थानीय नेता खेम जोशी बताउँछन्। उनका अनुसार ईन्टरनेट सेवा प्रदायक को ईन्टरनेट सेवा पनि गुणस्तरिय नरहेको बताउनु भयो ।
उनले भने, ‘ कमलबजार लगायत अधिकांश ठाउँमा फोन सेवा अवरुद्ध हुने कारणले निकै सास्ती भोग्नु परेको छ र इन्टरनेट सेवा चलाउन निकै हैरानी खेप्नु परिरहेको छ।’
नेपाल टेलिकम ले पहाडी जिल्लामा सोलार पावरबाट सञ्चालित टावर भएको कारण नेटवर्कमा समस्या हुने गरेको बताउन थालेको छ।
नेपाल टेलिकमको प्रदेश कार्यालय अतरियाका निमित्त प्रमुख विश्वराम कोजुले भने, ‘टु जी र थ्री जी सेवाका लागि निर्माण गरिएका टावरमा फोर जी सेवा थप गर्दा बिद्युत खपत दोब्बर हुँदा चाँडै सोलार ब्याट्री डाउन हुने हुँदा समस्या आएको हो। सो समस्या समाधान गर्न ब्याट्री थप्ने र पहाडी क्षेत्रमा टावरको संख्या समेत समस्या पहिचानका आधारमा थप्ने योजना टेलिकमको रहेको छ।
तर समस्या समाधानका लागी समयमै सरोकार वाला निकायको ध्यान जान जरुरी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय