सुवास अधिकारी / हिक्मत नपाली
कमलबजार फाल्गुन २४
लैङ्गिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार“ भन्ने नाराका साथ कमलबजार नगरपालिकामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । दिवसको अवसरमा महिलाहरुवीच डेउडा गीत र बतृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।
संविधान शभा सदस्य भरत साउदले हाम्रा कला संस्कृती हाम्रो धरोहर भएको बताउनु भएको छ । कमलबजार नगरपालिकाद्धारा ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अबसरमा आयोजीत कार्यक्रमको प्रमुख अथितीको आशन बाट बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । नगरपालिकाको प्रागंण भएको कार्यक्रममा आफ्नो भनाई राख्नु हुँदै संबिधान शभा सदस्य साउदले देउडा गित प्रतियागिताले हाम्रो मौलिक लोक संस्कृती तथा परम्परालाई बचाई राख्न टेवा पुग्ने बताउनु भयो ।
संबिधान शभा सदस्य भरत बहादुर साउदले पछिल्लो समय महिला हिंसाका रुप परिवर्तन हुँदै गैरहेको भन्दै हिंसाको प्रतिवाद गर्न महिलाहरुलाई आग्रह गर्नुभयो । घरेलु हिंसा, बाल बिवाह, मदिरा सेवन लगायतका कारणले हिंसा बढिरहेको भन्दै हरेक घरबाट हिंसा अन्त्य गर्दै हिंसामुक्त समाजको निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रमको बिशिष्ट अथितीको रुपमा बोल्नु हुँदै कमलबजार नगरपालिकाका निवर्तमान नगरप्रमुख भुमिसरण ढकाल बजगााईले नारी नै सिगों सृष्टीकर्ता भएकोले कुनैपनि नारीलाई कुनै पनि किसिमको हिंसामा पार्ने काम नगर्न आग्रह गराउनु भयो ।
कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उप प्रमुख सारदा कुमारी बिष्ट कँुवरको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्थित सम्पूर्ण वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर भण्डारी, बिभिन्न पार्टी प्रतिनिधी,बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायत सम्पूर्ण सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन न्यायिक समिती उजुरी प्रशासक पबित्रा भण्डारीले गर्नुभयो ।
यसैबिच नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनाका भएको कार्यक्रममा देउडा गित र बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जस अन्र्तगत बतृत्वकला प्रतियोगितामा प्रथम वडा नं ५ की बिष्ना बजगाई, दृतिय वडा नं.. ८ की जयन्ती बजगाई, तृतिय वडा नं. ४ की सारदा थापा भएकी छन् भने वडा नं. ६ की प्रगती शाही सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
यस्तै देउडा गित प्रतियोगिता अन्र्तगत कमलबजार नगरपालिका वडा नं. ५ कुईका बिस्ना भण्डारीको समूह प्रथम, वडा नं ४ चाल्सा दिपीका थापाको समुह दृतिय, वडा नं. १० घोडासैन ममता बिष्टको समूह तृतिय र वडा नं. ९ मष्टावण्डाली रिता अधिकारीको समुह सान्त्वना भएको छ । बिजेता लाइ कार्यक्रमका प्रमुख अतिथी साँउदले नगद पुरुस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएकाे थियाे ।






