©Aryam Bista (Ramesh)
कुनै दिन थियो जहाँ कसैले ५ रुपैयाँ दिदा पनि खुशीको सिमा ने हुन्थेन ।जहाँ अहिले हातमा जतिनै किन नहोस अझै पुग्दैन । मान्छे जस्तो परिस्थितिमा हुन्छ उस्लाइ त्यहि बारेमा मात्र थाहा हुन्छ । चाहे त्यो दु:ख होस वा सुख होस । यो भन्दा नि बितेको समयले सबैभन्दा ठुलो भुमिका जिवनमा खेल्ने गर्दछ । किनकी हामीले बितेको समयमा धेरै जान्न बाकी नै थियो साथै के गरेउ भन्ने मा पनि निर्भर पर्दछ । दु:खलाई सुख बनाएर हिडियो ,सुखलाइ दुख गरेर नि हिडियो । जति जति मानिस ठूलो हुँदै जान्छ वा बुझ्दै जान्छ त्यति नै मानिसले आफ्नो इच्छा ,आकांक्षा हरु मार्नका साथै रमाउन पनि बिस्तारै बन्द गर्ने गर्दछ । प्राय यो मध्यम स्तर को मान्छेहरुमा यो कुराको असर पर्ने गर्दछ । जहाँ सानो हुदा सरकारी स्कुलमा पढ्न पठाउछन । माध्यमिक तह सम्म पढिसकेपछि उस्ले आफ्नो भर मा जीवन चलाउनु पर्ने हुन्छ । जस कारण उस्ले कित प्राबिधिक शिक्षा लगेर पढ्छ वा बिदेश तिर जान्छ । बिदेशको दुख सबै लाई थाहा भयकै कुरा हो । अब प्राविधिक शिक्षा पढ्नेको कुरा उस्ले ऋण लगाएर वा घरका गाई गोरु बेचेर पढ्न त पढ्छ अनि सकेर नि आउँछ । उस्को मन त माथिल्लो तह सम्म पढ्ने हुन्छ तर आर्थिक अभावको कारण उस्ले पढ्न सक्दैन । अनि आफ्नो गाउँ तिर फर्किन्छ जागिरको खोजीमा भौतारिन्छ नभेटेपछि उहीँ बिदेशको लागि लाग्छ भने जागीर भेटाइहाले उ खुसी हुँदै काम मा जान्छ । जागिर गर्न सुरु गर्छ आफ्नो पछाडीको भाइ बहिनिलाइ हेर्नै पर्यो , खाना खानै पर्यो , लत्ताकपडा किन्नै पर्यो त्यो गर्दा उस्को तलब समेत कम पर्न जाने गर्दछ । अब पुगेन भनेर अघिल्लो तह पढ्न जाउ भन्दा आफुसङ्ग आर्थिक अभाव छ । जागिर छोडौ भाइ ,बहिनी ,आमा लाई कस्ले हेर्ने उ दोधारमा पर्न जान्छ । र आफ्नो परिवारको लागि अन्तिम विकल्प उस्ले तेहि जागिर गरेर बस्छ । हुन त मध्यम बर्गका मानिसहरुले पढ्न नसक्ने भन्ने होइन पढेका पनि छन कसरि भन्दा उस्को बुवा, दाइ कोहि बिदेश गएर पसिना बगाएर पढाउछन भने कोहि खेत , घर धितो राखेर पढाउने गर्दछन । यदि जेठो सन्तान भयो भाइ बहिनी लाई हेर्नू पर्ने अवस्थामा यो असम्भव नै छ । नत कोहि कमाउने हुन्छ न त भाइ बहिनी लै पढाउने । यदि घर जग्गा धितो राखेर पढ्न जाउ भने पछि ऋण कस्ले तिर्ने साहुले घर खेत लगे खाने के भन्ने यस्तै बाध्यताका कारण पनि उस्ले आफ्नो पढाइलाइ अगाडि बढाउन सक्दैन । सपना त धेरै देखेको हुन्छ तर सबै सपना सपना नै रहन्छन ।उस्ले आफ्नो सपना त पूरा गर्न सकिन अब भाइ बहिनीको सपना पूरा गर्न तर्फ लाग्छ र आफ्नो जीवन भने जहाको तेहि राख्छ । बिस्तारै बिहे गर्छ फेरि छोराछोरी हेर्नै पर्यो यस्तरी नै उस्को जीवन बितिसक्दा पनि उस्लाइ थाहा नै हुदैन । गर्ने क्षमता हुदा हुँदै पनि आफ्नो क्षमतालाइ दबाएर बस्नु पर्ने अवस्था आउँछ । अरु ले भन्न त भन्ने गर्छन सजिलै सङ्ग माथिल्लो तह पढ भनेर तर उस्लाइ भने असम्भव जस्तै हो । पढ्न मन उस्को पनि कहाँ नभएको होर हुदा हुँदै पनि केही नगरेर बस्नु परेको हो । साथ दिन्छु गर भन्ने त धेरै छन तर सबैको बोलीमा मात्र सिमित हुने गर्दछ । यो दुनियाँ मा बन्नलाइ कि त धनी नै हुनु पर्यो । कित गरिब भएर जे गर्दानी हुन्छ पछाडि हेर्नू पर्दैन भन्ने सोचका साथ अगाडि बढ्नु पर्ने हुन्छ । “क्षमता छ तर देखाउन सकिन्न “।





